Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘निलम्बित प्रधानन्यायधीश जबरा भन्छन् : महाअभियोग निष्क्रिय भैसक्यो’

काठमाडौँ - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको दाबी गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिँदै जबराले महाभियोग निष्क्रिय भैसकेकाले आफूलाई न्याय दिन समितिलाई आग्रह गरे ।

महाभियोग सिफारिस समितिमा बुधवार उपस्थित भएका भने, महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन,ु उनले भने, मैले यहाँबाट न्याय पाउनुपर्छ । अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव आएको र त्यसलाई अस्वीकार गर्दा महाअभियोग लगाईएको अशय जबराको थियो ।  

बयानमा जबराले कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जिकिर समेत गरे । 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update