चरिकोट – नेपाली कांग्रेस दोलखाले जिल्ला कार्यसम्पादन समिति गठन गरेको छ । जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको एक वर्षपछि कांग्रेसले जिल्ला कार्यसम्पादन समिति गठन गरेको हो । सभापति बर्मा लामाले आज प्रेस नोट जारी गर्दै जिल्ला पदाधिकारी तथा सदस्यसहितको १९ सदस्यीय कार्यसम्पादन समिति गठन भएको जानकारी गराएका छन् । कांग्रेस बिधान अनुसार कार्यसम्पादन समिति महत्त्वपूर्ण मानिन्छ ।
समितिमा सभापति लामा, उपसभापति छवि लामा, अर्जुन शिवाकोटी, सचिव रञ्जित कुमार पाठक, दावासांगे शेर्पा, सह सचिव हरिशहरण शिवाकोटी पासाङ शेर्पा, कोषाध्यक्ष राजेश श्रेष्ठ, प्रवक्ता राकेश श्रेष्ठ लगायत रहेका छन् । आमन्त्रित सदस्यहरुमा प्रदेश १ नम्बर क्षेत्रका सभापति शुक्र लामा र २ नम्बर निर्वाचन क्षेत्रका सभापति चित्र प्रसाद दाहाल रहेका छन् ।
विशिष्ट आमन्त्रित सदस्यहरुमा तारा बहादुर कोईराला, उद्धवराज काफ्ले, रुद्रबहादुर खड्का, ईश्वर नारायण मानन्धर, बाबुकाजी बस्नेत, गिता शिवाकोटी र श्रृजना सुवेदी चयन भएको कांग्रेसले जनाएको छ ।