Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोकमा बुहारीको कुटाईबाट गम्भिर घाईते ससुराको मृत्यु

चौतारा - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा बुहारीको कुटाईबाट गम्भिर घाईते ससुराको मृत्यु भएको छ । पारिवारिक विवादमा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका १ गोवागाङ गाउँका ८० वर्षका कामीढिण्डु लामा रहेका छन् ।

लामालाई घरायसी विषयमा बाझाबाझ हुँदा बुहारी २३ वर्षीया रिता तामाङले आइतबार काठको चिर्पटले हानेर गम्भिर घाईते बनाईएकी थिईन् । जिल्ला प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारार्थ स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो ।

उपचारका क्रममा लामाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ससुरा कुटपिट गर्ने बुहारी रितालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update