काठमाण्डौं - प्रदेश र प्रतिनिधिसभाको कार्यकाल अबको केही महिनामा सकिँदैछ । हालका सांसदहरु बिदा हुँदैछन् । मंसिर ४ गते हुने निर्वाचनबाट प्रदेश र प्रतिनिधिसभामा नयाँ जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् । बहालवाला सांसदहरुको कार्यकाल सकिँदै गर्दा उनीहरुको पाँच वर्षको समय कसरी बित्यो भन्ने समिक्षाको विषय हो ।
राजनीतिक नेतृत्व, सांसद सार्वजनिक पदधारण गरेका सबै व्यक्तिहरुको कमीकमजोरीसँगै सकारात्मक योगदानको पनि समिक्षा हुन जरुरी छ ।
राजनीतिक पूर्वाग्रही आँखाबाट एउटा दलका कार्यकर्ताले अर्को दलका नेताहरुको प्रायोजित ढंगबाट बदनाम गर्ने चलन हाबी हुनु दुखद कुरा हो । यहाँ प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको दोलखाका संघीय सांसद पार्वत गुरुङको कार्यकालका सन्दर्भमा केही टिप्पणी गर्न खोजिएको छ ।
नेकपा एमाले केन्द्रीय नेताहरुबीच अनौपचारिक रुपमा हुने कुराकानीको एउटा प्रसंग रोचक छ । ‘निर्वाचन पराजयको अनुभव र पिडा कस्तो हुन्छ, त्यो पार्वत गुरुङलाई सोध्नु !’ स्थानीय तहको निर्वाचनमा पार्टीले अनपेक्षित पराजय बेहोरेपछि एमालेका धेरै केन्द्रीय स्तरका नेताहरु गुरुङलाई सम्झिन्छन् ।
गुरुङले विगतका चुनौतीपूर्ण निर्वाचनमा आफुले मात्रै जितेनन् पार्टीलाई पनि जिताएका थिए । खासगरी २०७० सालको संसदिय निर्वाचन र २०७४ सालको स्थानीय निर्वाचनमा दोलखामा एमालेले सफलता प्राप्त गर्नुको पछाडी उनको भूमिकालाई मुख्य रुपमा लिईन्छ ।
कठिन समयमा पार्टीलाई बलियो बनाउँदा उनको राजनीतिक उचाईपनि चुलियो । पहिलो पटक भएको संघको निर्वाचनमा त देशभरकै सबैभन्दा धेरै मतान्तरले विजय भएर नयाँ रेकर्ड नै बनाए । एक हिसाबले गुरुङले अपराजित पहिचान नै बनाए ।
तर गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन भने गुरुङका लागि पनि सुखद रहेन । गृहजिल्लाको ९ स्थानीय तहमध्ये एमाले दुई वटामा खुम्चिनु पर्यो । अन्य तीन स्थानीय तहमा उपप्रमुखसहित बहुमत प्राप्त गर्यो । तर उक्त परिणामले गुरुङको चित्त नबुझ्नु स्वाभाविक थियो ।
निर्वाचन परिणामले लामो समयसम्म उनको चेहेरा उज्यालिएन । पार्टी पदाधिकारीले नै उनलाई सम्झाए, ‘देशभरकै नतिजा उस्तै छ, चिन्ता नलिनुस् कमरेड ।’ उनी आफै त हारेका थिएनन् तर उनको अपराजित यात्रामा केही धक्का लागेपछि सायद उनी निकै चिन्तित भएको हुनुपर्छ ।
छोटै समयमा पार्टीको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य र पोलिट व्यूरोमा पुग्न सफल गुरुङ संसदिय राजनीतिमा पनि त्यत्तिकै सफल मानिन्छन् । दुई पटक सांसद र मन्त्री भैसकेका छन् । निरन्तर ‘पावर पोलिटिक्स’ मा रहँदा गुरुङलाई टार्गेट र घेराबन्दी गर्ने क्रम पनि बढ्यो । आन्तरिक र वाह्य घेराबन्दीका बीच उनले राजनीतिमा सफल पहिचान बनाएका हुन् ।
‘एमाले होईन पार्वत गुरुङ हराउने हो’ भन्दै पार्टीभित्रकै केही नेता कार्यकर्ता लागेको चर्चा बैठकहरुमा हुने गर्दछ । गुरुङलाई कमजोर नबनाई जिल्लामा परिणाम आफ्नो पक्षमा पार्न सकिन्न भन्ने बिपक्षीहरुको विश्लेषण छ । पार्टी भित्रपनि उनलाई कमजोर बनाउने खेल भैरहेको निकटस्थहरु बताउँछन् ।
सत्ता र शक्तिमा रहँदा गुरुङमाथि गम्भिर प्रकृतिको आर्थिक/साँस्कृतिक वा नैतिक विचलनको आरोप लागेन । समग्रमा मन्त्री हुँदापनि निष्कलंक छवि बनाएर बिदा भए । महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयलाई चलायमान बनाए र केही एनजिओ/आईएनजिओमा रहेका बेथिति उजागार गरिदिए । संचारमन्त्री हुँदा प्रेसमैत्री बजेट, नीति तथा कार्यक्रम ल्याएर प्रशंसा कमाए ।
सत्ता र शक्तिमा रहँदा गुरुङमाथि गम्भिर प्रकृतिको आर्थिक/साँस्कृतिक वा नैतिक विचलनको आरोप लागेन । समग्रमा मन्त्री हुँदापनि निष्कलंक छवि बनाएर बिदा भए । महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयलाई चलायमान बनाए र केही एनजिओ/आईएनजिओमा रहेका बेथिति उजागार गरिदिए । संचारमन्त्री हुँदा प्रेसमैत्री बजेट, नीति तथा कार्यक्रम ल्याएर प्रशंसा कमाए । अन्य केही विषय नपाएर संचार मन्त्रालयका लागि उनको पालामा गाडी खरिद गर्ने निर्णय भएको विषयलाई लिएर उनलाई बिवादमा ल्याउने प्रयास गरियो । जबकी उक्त गाडी उनले प्रयोग नै गरेनन् । हालका संचारमन्त्रीले उक्त गाडी प्रयोग गरिरहेका छन् ।
गुरुङमाथि सांसद र मन्त्री हुँदा जिल्लाका लागि धेरै बजेटको पहलकदमी नगरेको आरोप लाग्ने गरेको छ । उनको पालामा महत्वपूर्ण तर केही सिमित योजनाहरुका लागि केन्द्रीय बजेट परेको थियो । हुन त उनले सम्हालेको मन्त्रालय विकासे योजनाहरुसँग सम्बन्धित मालदार मन्त्रालय थिएन । तर अन्तरमन्त्रालय समन्वय र पहलकदमी गर्ने भूमिकामाथि जिल्लाबासीको गुनासो हुनुपर्छ । त्यसो त गठबन्धन सरकार बनेपछि पनि जिल्लाका लागि केन्द्रीय बजेट ठुलो आकारमा आएको देखिँदैन । दोलखाका लागि गठबन्धन सरकारले बजेट नछ्ट्याएपछि सत्तारुढ दलकै सांसद जिपछिरिङ लामाले संसदमा प्रश्न उठाए ।
जिल्लालाई बढि योजना/कार्यक्रम प्राप्त हुने प्रदेश सरकारतर्फ गुरुङको ध्यान गएन वा अन्य प्रदेश सांसद वा मन्त्री भएकोले हस्तक्षेप गर्न चाहेनन्, त्यो अर्को समिक्षाको विषय होला ।
सस्तो लोकप्रियता र सानातिना कामको प्रचारमुखि कुरामा खासै रुची नभएको गुरुङ बताउँछन् । उनी भन्छन्, ‘मैले खेलेको भूमिकाको प्रचार गर्ने हो भने एउटा ठेली नै बन्छ, तर सस्तो प्रचार गरेर जस लिनखोज्ने मेरो स्वभाब होईन ।’
त्यसो त, सस्तो लोकप्रियता र सानातिना कामको प्रचारमुखि कुरामा खासै रुची नभएको गुरुङ बताउँछन् । उनी भन्छन्, ‘मैले खेलेको भूमिकाको प्रचार गर्ने हो भने एउटा ठेली नै बन्छ, तर सस्तो प्रचार गरेर जस लिनखोज्ने मेरो स्वभाब होईन ।’
जिल्लामा सहमति र सहकार्यको राजनीतिक संस्कार सुरु गर्नेदेखि काठमाण्डौंमा उद्यमी कोसेली घर संचालन गरेर युवाहरुलाई उद्यममा जोड्ने र आकर्षित गर्ने प्रयासको अगुवाई पनि उनले गरेका थिए ।
गुरुङमाथि निरन्तर लाग्ने गरेको अर्को आरोप गुण्डागर्दीको आडमा राजनीति गरेको भन्ने छ । विचारभन्दा बाहुबल प्रयोगलाई पश्रय दिएको आलोचकहरुको टिप्पणी छ । खासगरी जिल्लाको एक नम्बर क्षेत्रको बैतेश्वर, तामाकोसी लगायतका स्थानमा कांग्रेसले पहिले देखिनै बुथ कब्जाको अभ्यास गर्दै आएको थियो । जनयुद्धकाल र शान्तिप्रक्रियापछि २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा बाहुवल प्रयोगको राजनीतिले प्रश्रय पाएपछि सायद गुरुङ सन्तुष्ट थिएनन् ।
गुरुङले २०७० सालको निर्वाचनमा वल प्रयोगबाटै त्यसको प्रतिवाद गरेपछि उनीमाथि उक्त आरोप बढि लाग्न थालेको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा गौरीशंकरको जुँगुमा माओवादीबाट बुथ सुरक्षित नदेखेपछि गुरुङले पार्टीको शक्ति केन्द्रीत गर्न खोजे । माओवादीसँगको झडपका क्रममा उल्टै एक जना एमाले कार्यकर्ताले ज्यान गुमाउनुपर्यो ।
गुरुङले आफ्ना भाषणहरुमा बुलेट र गुण्डाराज सँधैका लागि अन्त्य गर्दै व्यालेट सुरक्षित गर्न चाहेको बताउँदै आएका छन् । विचारको राजनीतिलाई स्थापित गर्न र व्यालेट सुरक्षित गर्न कहिलेकाँही त्यस्तै बलप्रयोगको साहरा लिनुपर्ने तर्क गुरुङ निकटहरुको छ ।
‘राजनीति, विचार, दृष्टिकोणका आधारमा हुनुपर्छ, तर बिचारलाई अनुमोदन गर्ने ब्यालेटबक्स सुरक्षित भएन भने कहिलेकाँही ईट्टाको जवाफ पत्थरले दिनुपर्ने अवस्थापनि आउनसक्छ ।’ उनको निर्णायक भूमिकाकै कारण २०७४ सालको संघ/प्रदेशको निर्वाचनमा जिल्लाको गैरीमुदी जस्तो ठाउँमा जनताले शान्तिपूर्ण रुपमा मतदान गर्ने अवसर प्राप्त गरे ।
विचार, आदर्श, निष्ठा, उच्च नैतिक मूल्य र एजेण्डाको राजनीतिलाई गुण्डागर्दी शैलीबाट कमजोर बनाउन खोज्नेहरुसँग मुकाबिला गर्न खोज्दा आफुमाथि वाहुबल प्रयोगको आरोप लाग्ने गरेको भन्दै गुरुङ त्यसको खण्डन गर्छन् ।
विचार, आदर्श, निष्ठा, उच्च नैतिक मूल्य र एजेण्डाको राजनीतिलाई गुण्डागर्दी शैलीबाट कमजोर बनाउन खोज्नेहरुसँग मुकाबिला गर्न खोज्दा आफुमाथि वाहुबल प्रयोगको आरोप लाग्ने गरेको भन्दै गुरुङ त्यसको खण्डन गर्छन् ।
भनिन्छ, गल्ती नगर्ने मान्छे हुँदैनन् । गुरुङपनि कमजोरी मुक्त छैनन् । सत्ता र शक्तिमा रहँदा निकटस्थहरुले फाईदा लिएको गुनासो कार्यकर्ता पंक्तिमा छ । कुसल व्यवस्थापकीय क्षमता राख्ने नेता गुरुङलाई आफ्नैले अप्ठ्यारोमा पार्ने गरेको कतिपयको बुझाई छ ।
अनि गुरुङ कहिलेकाँही विपक्षीहरुप्रति उत्तेजित भाषण गरेरपनि आलोचित हुने गरेका छन् । संसदमा जनसरोकारका मुद्धालाई मुखरित गर्ने सन्दर्भमा उनको सक्रियता फितलो भएको अर्को गुनासो पनि सुनिन्छ । कमीकमजोरी सुधार्दै जिल्लाको विकास र समृद्धिमा थप योगदान दिने अवसरका लागि उनी आगामी चुनावी परीक्षामा सामेल होलान् या नहोलान् ? प्रदेश र संघको निर्वाचन नजिकिँदै गरेको बेला चासोको विषय बनेको छ ।