काठमाण्डौं - समस्यामा परेका श्रमिक लगायत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनको समयमा समस्यामा परेकाहरुको राहात तथा सहयोगका लागि सह–सचिव स्तरको फोकल पर्सन तोकेको छ ।
मन्त्रालयले लकडाउनका कारण असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, सजदुर, विपनन तथा असहाय वर्गलाई परेको समस्यालाई मध्येनजर गर्दै ७ वटै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको हो । समस्यामा परेका त्यस्ता नागरिकहरुले राहत व्यवस्थापन सहज वनाउन सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयका शाखा अधिकृत रीनु थपलियाले जानकारी दिईन् ।
मन्त्रालयले सूचना जारी गर्दै राहात पाउन नसकेको श्रमित लगाएत वर्गका नागरिकहरुलाई सम्पर्क गर्न तथा अन्यलाई समेत सम्पर्कको वातावरण बनाउन सबैसँग आग्रह गरेको छ ।
सम्पर्क व्यक्तिहरु ः
१. प्रल्हाद कार्की उपसचिव १ नम्बर प्रदेश सम्पर्क ९८५११५७४८५
२. ऋषिराज आचार्य, उपसचिव २ नम्बर प्रदेश सम्पर्क ः ९८४१२९६९९०
३. अच्युत रेग्मी, उपसचिव वाग्मती प्रदेश, सम्पर्क ः ९८४१३६७८६६
४. बावुराम भुसाल उपसचिव गण्डकी प्रदेश, सम्पर्क ः ९८४१३५३६८३
५. डिलाराम पन्थी उपसचिव ५ नम्बर प्रदेश सम्पर्क ः ९८४१६२३२२८
६. राम प्रसाद वाग्ले उपसचिव कर्णाली प्रदेश सम्पर्क ः ९८४९२४५५१२
७. रेशमलाल कँडेल उपसचिव सुदुरपश्चिम प्रदेश सम्पर्क ः ९८५१२१३८२३