डाँका मुद्धामा दोषी प्रमाणित भई फरार रामेछापका एक पुरुष पक्राउ
मन्थली - डाँका मुद्दामा दोषी प्रमाणित भइ फरार रहेका रामेछापका एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिखु तामाकोसी गाउँपालिका–५ बस्ने भक्तबहादुर तामाङ रहेका छन् । उनलाई रामेछाप जिल्ला अदालतले २०७७ चैत ३० गते डाँका मुद्दामा ६ वर्ष ११ महिना २० दिन कैद र ७० हजार जरिवाना हुने फैसला गरेको थियो ।
फैसलालगत्तै फरार रहेका तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वको टोलीले खोजतलास गर्ने क्रममा उनलाई मन्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेस गरिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ २२:११
प्रतिक्रिया दिनुहोस्