Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
युवा संघ दोलखाले गर्यो जिम्मेवारी बाँडफाँड, ३१ सदस्यीय सचिवालय गठन

चरिकोट - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ दोलखाले जिम्मेवारी बाँडफाँड गरेको छ । सदमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा आज बसेको बैठकले जिल्ला संयोजक, प्रवक्ता सहित ९ वटै स्थानीय तहका ईन्चार्जहरुको जिम्मेवारी बाँडाफाँड गरेको हो ।

बैठकले जिल्ला संयोजकमा भुवन गुरुङ र प्रवक्तामा सरोज बस्नेतलाई चयन गरेको छ भने ३१ सदस्यीय सचिवालय गठन गरेको छ । बैठकले गौरीशंकर गाउँपालिकाको ईन्चार्जमा सुमन खड्का, वैतेश्वर गाउँपालिकाको ईन्चार्जमा राजकुमार पाख्रिन, जिरी नगरपालिकाको ईन्चार्जमा तेन्जी शेर्पा, तामाकोसी गाउँपालिकाको ईन्चार्जमा जीवन श्रेष्ठ, मेलुङ गाउँपालिकाको ईन्चार्जमा सुदिप कार्कीलाई चयन गरेको छ ।

यस्तै शैलुङ गाउँपालिकाको ईन्चार्जमा अक्कल मोक्तान, भीमेश्वर नगरपालिकाको ईन्चार्जमा रामहरी सुवेदी र कालिञ्चोक गाउँपालिकाको ईन्चार्जको जिम्मेवारी हरिवंश सोडारीलाई दिईएको छ । बैठकले भदौ २१ गते सम्म पालिका कमिटिको बैठक बसेर असोज ३ गते बृहत जिल्ला भेला आयोजना गर्ने निर्णय गरेको नवनियुक्त प्रवक्ता सरोज बस्नेतले जानकारी दिए । 

बैठकलाई एमाले एमाले अध्यक्ष नरबहादुर श्रेष्ठ, नेता वालकृष्ण शिवाकोटी, युवा संघका केन्द्रीय सचिव एवं प्रवक्ता महाराज गुरुङ, जिल्ला ईन्चार्ज धिरज सुवेदी लगायतका नेताहरुले आगामी निर्वाचनमा पार्टीलाई जिताउन सक्रिय रुपमा लाग्न निर्देशन दिएका छन् ।  

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update