Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वामपन्थी गठबन्धनका लागि एमालेको आव्हान

काठमाडौँ - नेकपा एमाले केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा वामपन्थी गठबन्धनका लागि आह्वान गर्ने निर्णय गरेको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले वामपन्थी दलहरुबीच एकता र गठबन्धनका लागि आह्वान गरेको हो । पोलिटब्युरो सदस्य विशाल भट्टराईले जनताले बहुमतको सरकार निर्माण गरेर राजनीतिक स्थायित्वको राष्ट्रिय संकल्प खोजेका र वामपन्थी शक्तिहरु एक भएर जाँदा देशमा परिवर्तन सहज हुने भएकाले वामपन्थी गठबन्धनको लागि आव्हान गरिएको जानकारी दिए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको राग अलापेर मात्रै नहुने बताउँदै साँचो वामपन्थी एकतामा जोड दिएका थिए । केही दक्षिणपन्थी शक्तिहरुलाई सहयोग पुर्याउन उतै टाँसिएका छन् । यदि साँचो वामपन्थी हो भने एकताका लागि आउनुपर्‍यो, ओलीलाई उद्धृत गर्दै भट्टराईले भने, विचार मिल्नेहरु एक ठाउँमा उभिएर चुनावी मोर्चामा जाऔं ।

२०७४ चुनावमा पनि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । बैठकले मंसिरमा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अध्यक्ष ओलीलाई अघि सार्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष ओलीको एकल नेतृत्वमा सरकार गठन गर्ने गरि चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update