काठमाडौं - नेकपा माओवादी केन्द्र ओखलढुंगाका दुई दर्जन बढि नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेका बेला अध्यक्ष ओलीले ओखलढुंगाका दर्जनौं जना माओवादी नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
दोस्रो दिनको केन्द्रीय कमिटी बैठक शुरु हुनुअघि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ओखलढुंगा र धनुषाका माओवादी तथा नेकपा एसका कार्यकर्तालाई स्वागत गरे । उनीहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले वाम गठबन्धन भनेकै कार्यकर्तालाई एमालेमा समाहित गर्नु रहेको धारणा राखे ।
एमाले केन्द्रीय सदय तथा सांसद यज्ञराज सुनुवारका अनुसार प्रवेश गर्नेमा ओखलढुंगाका माओवादीका प्रभावशाली नेता तथा जिल्ला कमिटी सदस्य सुजन रुम्दालीसहित ३७ जना रहेका रहेका छन् । पार्टी प्रवेश कार्यक्रममा प्रदेश सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ लगायतका नेता सहभागी थिए । त्यस्तै धनुषाबाट पनि नेकपा एसका जिल्ला अध्यक्ष सोमप्रसाद शर्मासहित नेता कार्यकर्ता एमालेमा फर्किएका छन् ।