Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बैंकिङ कसूर मुद्दाका फरार ओखलढुंगाका एक अभियुक्त पक्राउ

काठमाण्डौं – प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका १ घर भई हाल काठमाडौं ७ चाबहिल बस्ने ५२ वर्षीय शंकरप्रसाद लुईटेल रहेका छन । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्ध महाकालबाट पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनीमाथि २०७८ चैत २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update