चरिकोट – दोलखाको लामागरस्थित माथिल्लो तामाकोसी आयोजनाको ड्याममा बेपत्ता एक युवक फेला परेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ का २८ वर्षिय रमेश बस्नेतको शव आज फेला परेको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिए ।
गत साउन २३ गते बेपत्ता युवकको शव दुई हप्तापछि फेला पार्न सुरक्षाकर्मीको टोली सफल भएको हो । यसअघि काठमाण्डौंबाट आएको गोताखोरसहितको टोलीले खोजी गर्दापनि शव फेला पर्न सकेको थिएन ।
लामाबगर स्थित दुगड हाईड्रो पावरको स्काभेटर मर्मत गरी डुंगामा फर्किने क्रममा तामाकोसीको बाँधमा उनी बेपत्ता भएका थिए ।
डुंगा पार्किङ नजिक रहेको रुखमा ठोक्नि गई सन्तुलन गुमाउँदा डुंगामा सवार मध्ये उनी हाम्फालेका थिए । फेला परेको शवलाई पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।