Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सुन तस्करसँग आर्थिक लाभ लिएको अभियोगमा गृहमन्त्रीको पीएसओमाथि छानविन सुरु

काठमाण्डौं - गृहमन्त्री बालकृष्ण खाँणको निजी सुरक्षामा खटिएका पीएसओमाथि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन सुरु गरेको छ । सुन तस्करीमा संलग्न व्यक्तिसँग आर्थिक लाभ लिएको आरोप लागेपछि उनीमाथि छानविन सुरु भएको हो । प्रहरी प्रधान कार्यालय नक्सालले गृहमन्त्री खाँणका पीएसओ वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) टंक कार्कीमाथि छानबिन सुरु भएको छ ।

एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । 

प्रहरीका अनुसार यूएईबाट ५० ग्रामका दरले विभिन्न व्यक्तिबाट सुन ल्याएर काठमाडौंमा संकलन गर्ने गिरोहसँग उनको सम्बन्ध रहेको आशंका गरिएको छ । १६ असारमा सुनसहित पक्राउ परेका एक व्यक्तिलाई अभद्र व्यवहारको कसूरमा प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको थियो । थुनामा राखेका बेला उनले ती व्यक्तिको गाडीबाट नगद ४ लाख रुपैयाँ लगेको अभियोग छ ।

अधिकृतहरुका अनुसार वैदेशिक रोजगारीबाट फर्किने व्यक्तिहरुलाई सुन बोकाएर पठाउने गिरोहको सुन पक्राउ परेका व्यक्तिले काठमाडौंमा फिर्ता नगरेपछि लफडा भएको थियो । त्यसपछि कार्कीले पैसा उठाउन भूमिका खेलेको हुनसक्ने आशंका गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update