Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
आगामी निर्वाचनमा २६ हजारभन्दा बढी कैदीबन्दीले पहिलो पटक मतदान गर्दै

काठमाडौँ - प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुने निर्वाचनमा २६ हजारभन्दा बढी कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । उनीहरु विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत छन् । मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी कुल २६ हजार १ सय २९ कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् ।

उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने छन् । यसअघिका निर्वाचनमा खटिएका कर्मचारीले मात्रै समानुपातिक मतदानमा भागि लिँदै आएका थिए । यस पटक निर्वाचन आयोगले कैदीबन्दीलाई पनि मतदान प्रक्रियामा पहिलो पटक सहभागी गराउने निर्णय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कैदीबन्दीलाई जनप्रतिनिधि चयनमा सम्भवतः पहिलो पटक मतदान अधिकार प्रदान गर्न लागिएको बताए । यसका लागि आयोगले ७१ वटा कारागारलाई मतदान स्थल तोकेर मतदान अधिकृत, सहायक मतदान अधिकृत र निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी खटाउने तयारी गर्दैछ । 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update