Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पूर्वमन्त्री गुरुङद्धारा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन

चरिकोट – पूर्वमन्त्री एवं दोलखाका संघीय सांसद पार्वत गुरुङसहितको टोलीले जिल्लाको दक्षिणी क्षेत्रमा बाढिपहिरोले पुर्याएको क्षतिको स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले मेलुङ र तामाकोसी गाउँपालिकाको सितली, मालुखोला र शहरेमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे स्थलगत अवलोकनसँगै पीडितहरुसँग भेटघाट गरेको हो ।

अवलोकनका क्रममा सांसद गुरुङले पीडित परिवार र स्थानीय सरोकारवालाहरुसँग बाढिपहिरोको दिगो रोकथाम र पीडित परिवारको उचित व्यवस्थापनबारे छलफल गरे । छलफलका क्रममा पुर्वमन्त्री गुरुङले त्यसक्षेत्रको बाढिपहिरो रोकथाम र दिगो व्यवस्थापनबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए । 

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा एमाले जिल्ला अध्यक्ष समेत रहेका मेलुङ गाउँपालिकाका पुर्व अध्यक्ष नरबहादुर श्रेष्ठ, एमाले जिल्ला उपसचिव धर्मेन्द्र मोक्तान, वडा अध्यक्ष नवराज खड्का लगायत सहभागि थिए । 

अविरल वर्षासँगै साउन २४ गते राती आएको बाढी पहिरोले सितलीको एक दर्जन बढी घरमा क्षति पुगेको थियो । खहरे खोलाले धार परिवर्तन गरेर बस्ती छिरेपछि थप जोखिम बढेको छ । स्थानीयका अनुसार ५० रोपनीभन्दा बढी खेतमा बाढीको लेदो पसेर क्षेति पुर्याएको छ ।  

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update