Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बैंकिङ कसुरको अभियोगमा रामेछापका एक पुरुष पक्राउ

मन्थली - बैंकिङ कसुरको अभियोगमा रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ का कृष्णबहादुर खड्का पक्राउ परेका छन् । उनी बिरुद्ध दोलखाको मेलुङ गाउँपालिका घर भई हाल रामेछाप मन्थली १ बस्ने सुजुकी कार्कीले जाहेरी दिएका थिए ।

सोही अनुसार खड्कालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाईएको रामेछाप प्रहरीले जनाएको छ । खड्काविरुद्ध कार्कीले उच्च अदालत पाटन ललितपुरबैंकिङ कसुरको जाहेरी दिएका थिए । त्यसपछि अदालतबाट साउन १५ मा उनीबिरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा रामेछापको मन्थली नगरपालिका १ सानीमदौबाट खड्कालाई पक्राउ गरिएको हो । अदालतबाट ७ दिन थुनामा राख्न म्याद थप गरी खड्कामाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update