Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘जनप्रतिनिधिको पहिलो कार्यकाल सिकाईको अबधि थियो, नयाँ जनप्रतिनिधिलाई त्यो छुट छैन’

चरिकोट – वाग्मती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काले अघिल्लो कार्यकालको जस्तो नयाँ जनप्रतिनिधिलाई छुट नभएको बताएका छन् । स्थानीय तहको पहिलो कार्यकाल सिकाईको अबधि भएको भन्दै मन्त्री खड्काले अब सिक्ने अबधि नभएको र नयाँ जनप्रतिनिधिलाई त्यस्तो छुट नभएको बताएका हुन् ।

दोलखा १ नम्बर क्षेत्रका प्रदेश सांसद समेत रहेका खड्काले जिल्ला समन्वय समिति दोलखाले आईतवार आयोजना गरेको समिक्षा गोष्ठिमा पहिलो कार्यकालमा संरचना र कानुन बनिसकेको भन्दै अब तीब्र गतिमा काम गर्ने बेला भएकोमा जोड दिए ।

‘अघिल्लो कार्यकाल सिकाईको अबधि थियो । संरचना र कानुन बनेको थिएन । अब कानुन बनिसक्यो, संरचना बनायौं । तर नयाँ कार्यकाललाई त्यसको छुट छैन । अब हामी सिक्ने अवधिमा छैनौं । अब गतिमा काम गरेर परिणाम निकाल्ने बेला हो, उनले भने ।’ 

केही पालिका प्रमुखहरु अल्मलिरहेको भन्दै खड्काले जनता र अर्को राजनीतिक दललाई दोष देखाएर आफ्नो कार्यक्षेत्र भन्दा बाहिर नजान आग्रह गरे । 
 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update