Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘प्रदेश कार्यालयहरु छुट्टै संचालन हुँदा बिकृति बढ्यो, सिधै स्थानीय तहलाई जिम्मा दिनुपर्छ’

चरिकोट – नेकपा एमाले पोलिट व्युरो सदस्य एवं पुर्वमन्त्री पार्वत गुरुङले प्रदेश अन्तर्गतका कार्यालयहरुले छुट्टै काम गर्ने परिपाटीले विकृति जन्मिएको बताएका छन् । प्रदेश सरकार मातहतका बिभिन्न कार्यलयहरुले छुट्टै कार्यसम्पादन गर्ने संरचनाले विकृति मौलाउँदै गएको र सुशासनमा प्रश्न उठेको उनले बताए ।

जिल्ला समन्वय समिति दोलखाले आईतवार सदरमुकाम चरिकोटमा आयोजना गरेको समिक्षा गोष्ठिमा बोल्दै संघीय सांसद समेत रहेका नेता गुरुङले त्यस्ता कार्यालयहरु खारेज गरेर सिधै स्थानीय तहलाई जिम्मा लगाउन आग्रह समेत गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई आग्रह गर्दै उनले भने‘ प्रदेश मातहत छुट्टै संंरचनाको अभ्यासले बिकृति बढेको छ, यहाँबाट फर्केलगत्तै त्यसको अन्त्य गर्नुस् । स्थानीय जनप्रतिनिधिलाई जिम्मा दिनुस् ।’ स्थानीय तह र सरोकारवाला निकायको अनुगमन र नियन्त्रण बिना छुट्टै कार्यालय र कर्मचारी राखेर हुने कामको नतिजा राम्रो नआउने उनको भनाई छ । 

उनले स्थानीय सरकारलाई विस्वास गरेर सिधै प्रदेशका योजनाहरु स्थानीय तहलाई जिम्मा दिन आग्रह गरे । छुट्टै कर्मचारी र कार्यालय खडा गरेर ठुला ठुला योजना बनाउने र बजेट पार्ने कुराले कतिपयको नियतमाथि नै शंका उब्जाएको टिप्पणी पनि उनले राखे । 
 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update