Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वालवालिकालाई आजदेखि फाईजर खोप : दोलखामा २२ हजार बढी वालवालिकालाई खोप लगाईंदै

चरिकोट - मुलुकका बिभिन्न ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ ।

दोलखा जिल्लामा २२ हजार भन्दा बढी वालवालिकालाई कोरोना विरुदको फाइजर खोप लगाउन सुरु गरिएको छ । भाईजर खोप जिल्लाका २२ हजार २ सय ४९ जना बालबालिकालाई लगाउने लक्ष्य छ । जिल्लाको ९ वटै पालिकाहरुमा आजदेखि १५ गतेसम्म ५ बर्षदेखि ११ बर्ष उमेर समुहका बालबािलकालाई खोप लगाईनेछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भीमेश्वर नगरपालिका, विगु गाउँपालिका, बैतेश्वर गाउँपालिका, शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिकामा आगामी ५ गते देखि ९ गतेसम्म खोप लगाइने छ ।

त्यस्तै गौरीशंकर गाउँपालिकामा ५ गतेदेखि ८ गतेसम्म, कालिन्चोक गाउँपालिकामा ६ गतेदेखि १० गतेसम्म र जिरी नगरपालिकामा १२ गतेदेखि १५ गतेसम्म लगाइने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनालले जानकारी दिए । उनका अनुसार लक्षित समुहका बालबालिकालाई पि फाइजरको पहिलो मात्रा खोप दिइने छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update