नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, शुक्रवार एकैदिन थपिए १४ संक्रमित
काठमाडौं नेपालमा कोरोना संक्रमितहरुको संख्या ३० पुगेको छ । शुक्रवार एकैदिन १४ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उदयपुरमा फेला परेका संक्रमित जिल्लामै छन् । जसमा केही भारतिय रहेको बताईएको छ । चितवनको राप्ती नगरपालिका ८ का आमा छोरामा पनि शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये पहिलो संक्रमित निको मात्रै निको भएर घर फर्केका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७ १९:४१
प्रतिक्रिया दिनुहोस्