अत्याधिक वर्षापछि तामाकोसी नदीको सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
चरिकोट – तामाकोसी नदीको सतह एक्कासी बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज विहानै सूचना जारी गर्दै नदी तटिय क्षेत्रका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
माथिल्लो क्षेत्रमा अत्याधिक वर्षका कारण दोलखाको तामाकोसी नदी गोंगर जलमापन केन्द्रमा पानीको सतह एक्कासी बढेर सतर्कता तह पुगेको र बढ्दो अवस्थामा रहेको मौसम विभागले जनाएको छ । तामाकोसी नदीमा पानीको बहाव बढ्दा सुनकोसी दोभानसम्मको तटिय क्षेत्रमा जोखिम हुनसक्ने जनाईएको छ । विभागले विहान १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९ ०५:४८
प्रतिक्रिया दिनुहोस्