Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जग्गा धितोमा राखेर पाउने ऋणको सीमा घट्यो

काठमाडौं - जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट कार्यान्वयनमा आएको छ । ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको हो ।

नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिमा घरजग्गा धितोबाट पाइने ऋण सम्बन्धी नयाँ व्यवस्था आजबाट लागु भएको हो ।

राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका अनुसार घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिदा वा कर्जा नविकरण गर्दा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र काठमाडौ उपत्यकाबाहिर बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्नेछ । यसअघि यस्तो अनुपात काठमाडौ उपत्यकाको हकमा ४० प्रतिशत र अन्यको हकमा ५० प्रतिशत थियो ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update