Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बिभिन्न मुद्धामा दोषी ठहर भई फरार रहेका रामेछापका तीन जना पक्राउ

मन्थली - विभिन्न मुद्दामा दोषी ठहर भएका रामेछापका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु अदालतबाट कैद र जरिवाना फैसला सुनाइएपछि फरार थिए । भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा १ वर्ष ९ दिन कैद र ६ लाख ९६ हजार ३२७ रुपैयाँ जरिवानाको फैसला सुनाइएका खाँडादेवी १ राकाथुमका तीर्थकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अदालत बुझाएको छ ।

उनलाई काठमाडौंमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी ६ वर्षअघि दोषी ठहर भएपछि फरार थिए । रामेछाप जिल्ला अदालतबाट नकावधारी चोरी मुद्दामा सजाय सुनाइएका रामेछाप नगरपालिका ४ का सुरेश नेपाली र अभिषेक खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप जिल्ला अदालतले उनीहरुलाई पाँच वर्ष अघि जनही २१ दिन कैद र ३८ हजार ७३७ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि दुवै फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले अदालतमा बुझाएका तीनै जनालाई रामेछाप कारागार पठाइएको जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update