दुर्घट्नामा परी गम्भिर घाईते उप्रेतीको उपचारका क्रममा मृत्यु
चरिकोट – दोलखा वैतेश्वर गाउँपालिका–७, नाम्दुका शान्त बहादुर उप्रेतीको सवारी दुर्घट्नामा परी मृत्यु भएको छ । केहीदिन अघि सवारी दुर्घट्नामा परी गम्भिर घाईते भएका उप्रेतीको उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।
मोटरसाईकल दुर्घट्नामा परी उप्रेतीको टाउकोमा गम्भिर चोट लागेको थियो । राजधानी काठमाण्डौं स्थित सुमेरु अस्पतालमा उपचारका क्रममा उप्रेतीको आज विहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय थिए । २०४९ सालका नाम्दु गाविस अध्यक्ष उप्रेती नेकपा एमाले दोलखाको पुर्व जिल्ला कमिटी सदस्य थिए । पछिल्लो समय उनी बिभिन्न सामाजिक संघ संस्थामा क्रियाशील थिए ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९ ०६:५३
प्रतिक्रिया दिनुहोस्