Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काठमाण्डौंमा समस्यामा परेका दोलखालीका लागि नेकपाका नेता र सांसदहरु खटिए (यी नम्बरमा सम्पर्क गर्नुस्)

दोलखा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसदहरुले लकडाउनका कारण काठमाण्डौंमा समस्यामा परेका दोलखा जिल्लाबासिहरुलाई उद्धार तथा सहयोग गर्ने भएका छन् । नेकपा दोलखाले त्यस्ता व्यक्तिहरुको समस्या सम्बोधनका लागि पार्टीबाट निर्वाचित सांसद तथा नेताहरुलाई जिम्मेवारी दिएको हो ।

काठमाण्डौंमा रहेका असंगठित क्षेत्रका मजदुर लगायतका नागरिकबाट गम्भिर समस्यामा परेको गुनासो आएपछि उक्त समस्या समाधानका लागि यो व्यवस्था गरिएको नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार जिल्ला ईन्चार्ज देवी खड्का सहितका नेता तथा दोलखाबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई समस्यामा परेका व्यक्ति तथा परिवारले सम्पर्क गर्नसक्नेछन् ।

जस अनुसार बैतेश्वर घर भएकाहरुले जिल्ला ईन्चार्ज तथा नेतृ देवी खड्का, गौरीशंकर गाउँपालिका घर भएकाहरुले सांसद सरस्वती वस्नेत, जिरी नगरपालिका घर भएकाले सांसद विशाल खड्का, तामाकोसी गाउँपालिका घर भएकाहरुले बसन्तराज कार्की, मेलुङ गाउँपालिका घर भएकाहरुले नेता शंकर लामा, शैलुङ गाउँपालिका घर भएकाहरुले भुवन सिंह थापा, भीमेश्वर नगरपालिका घर भएकाहरुले सांसद रचना खड्का, कालिञ्चोक गाउँपालिका घर भएकाहरुले नेता वालकृष्ण शिवाकोटी र विगु गाउँपालिका घर भएकाहरुले नेता कृष्ण भुजेलको सम्पर्क नम्बर दिईएको छ ।

सांसद सरस्वती बस्नेतका अनुसार काठमाण्डौंमा समस्यामा परेका दोलखालीहरुको वडावाईज रुपमा विवरण संकलन गर्ने काम भैरहरको छ ।

गाैरिशंकर : सरस्वती वस्नेत 9851017390
वैत्यश्वर : देवी खड्का 9851126627
जिरी : विशाल खड्का 9851113738
तामाकाेशी : वसन्तराज कार्की 9851160495
मेलुङ : शंकर लामा 9844210588
शैलुङ : भुवन सिं थापा 9851136010
भीमेश्वर : रचना खड्का 9851182911
कालिञ्चाेक : वालकृष्ण शिवाकाेटी 9851090309
विगु : कृष्ण भुजेल 9851154709

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update