Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
२७ करोड ६४ लाखको नयाँ सवारी किन्ने वाग्मती प्रदेश सरकारको तयारी

हेटौंडा - वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ करोड ६४ लाख २० हजार रुपैयाँको गाडी किन्ने तयारी गरेको छ । प्रदेश सरकारले मर्मतसम्भारका लागि मात्रै ७३ करोड ८५ लाख ५७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

मन्त्रालय र मातहतका कार्यालयका दैनिक कामकाजलाई सहज बनाउन आवश्यकताको आधारमा सरकारले सवारी साधनहरू खरिद गर्न लागेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले बताए । पछिल्लो समय मन्त्रालय र प्रादेशिक संरचना बढेसँगै सवारी साधनको आवश्यकता बढी भएको उनको तर्क छ ।

संरचना बढ्दा सवारी साधन खरिद र सोको मर्मत तथा इन्धन खर्च बढ्नु स्वाभाविक भएको उनले दाबी गरे । यद्यपी सवारी साधनमा बर्सेनि बढ्दो खर्च नियन्त्रण गर्न अध्ययन सुरु गरिसकेको सरकारी अधिकारीहरुले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update