Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प

काठमाडौं - खोटाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार आइतबार बिहान ८ ः १३  बजे भूकम्प गएको हो । खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले यो खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दिईन् । प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो । भूकम्पको धक्का खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म महसुस भएको थियो । 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update