Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गाँजा फडानी तीब्र बनाउँदै रामेछाप प्रहरी

मन्थली - रामेछाप प्रहरीले जिल्लाका बिभिन्न स्थानमा गाँजा फडानी गर्ने कार्य तीब्र बनाएको छ । प्रहरीले जिल्लाको खाँडादेवी र सुनापतिका विभिन्न स्थानमा हुर्केका गाँजा फडानी गरेको हो । व्यावसायिक उत्पादनका लागि रोपेको नभई आफैं उम्रिएको गाँजा संरक्षण गरेको सूचनाको आधारमा प्रहरीले शुक्रबार ठूलो मात्रामा गाँजा फडानी गरेको जनाएको छ ।

शुक्रबार मात्र करिब ४ हजार ४ सय गाँजाका बोट फडानी गरी नष्ट पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । गाँजा फडानी गर्न प्रहरी निरीक्षक तेजप्रसाद कडेलको नेतृत्वमा ३० जना प्रहरी परिचालित भएका थिए ।

प्रहरीका अनुसार साबिकको खाँडादेवी, माकादुम, पकरबास, राकाथुम, खनियापानी र बेथान गाविसमा एकैसाथ गाँजा फडानी गरिएको हो । यसअघि पनि प्रहरीले विभिन्न स्थानमा उम्रिएका तर संरक्षणमा हुकाईएका गाँजा फडानी गरी नष्ट पार्दै आएको छ । 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update