Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
आयोगले भन्यो : अलपत्र परेकाहरुको मानव अधिकार रक्षा गर

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले घर फर्कने क्रममा बीचमा अलपत्र परेकाहरुको जिवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले बीच बाटामा अलपत्र परेका श्रमिक वर्ग, बिरामी र सिमान्तकृतलाई तत्काल उचित राहतको व्यवस्था गर्न र उनीहरूको बांच्न पाउने अधिकारको रक्षा गर्न सरकारलाई आग्रह गरेको हो ।

अनुगमनका क्रममा असंगठित रूपमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, सिमान्तकृत र उपचारका लागि हिाडेका बिरामीसहित हजारौं जना घर फर्कने क्रममा बाटोमा अलपत्र परेको पाईएपछि आयोगले यस्तो आग्रह गरेको हो । स्थानीय तहबाट राहत वितरणसमेत हुन नसक्दा बिरामी, जेष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलासहित श्रमिकहरू ठूलो संख्यामा लामो पैदल यात्रा तय गरी दुःख हैरानीका साथ आफ्नो गन्तव्यतर्फ असुरक्षित रूपमा हिाडिरहेको पाइएको छ, आयोगले शुक्रवार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, धादिङ, कपिलवस्तु, बााके बर्दिया, कैलालीलगायत कतिपय जिल्लामा सीमामा कडाई भई दैनिक हजाराौ नागरिकहरू बिचल्लीमा परेको उल्लेख छ ।

आयोगले लकडाउनको अवस्थामा सरकारले जो जहां जे जस्तो अवस्थामा रहेका छन, त्यही ठाउंमा बस्न भने पनि आवश्यक खाद्य सामग्रीसहितको राहत उपलब्ध हुन नसक्दा मानिसहरूले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको दुःखद् अवस्था देखिएको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update