चरिकोट – दोलखाको पशुपति चौलागाँईं स्मृति प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालले निरन्तर रुपमा दिदै आएको शल्यक्रिया सेवा सहितको सम्पुर्ण सेवाहरु गत साउन १० गतेदेखि पुनः सुरु गरेको हो । कर्मचारीको करार नविकरण नभएपछि ५० वेड क्षमताको अस्पतालमा साउन १ गतेबाट शल्यक्रिया सेवा बन्द भएकोमा फेरी शल्यक्रिया सेवासहित विशेषज्ञ सेवा सुचारु भएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
उहाँँका अनुसार निक साइमन नामक संस्थाको सहयोगमा एमजीडिपी डाक्टर विनोद दंगाल अस्पतालमा आएसँगै शल्यक्रिया सेवा सञ्चालन गरिएको हो । दुई दिनको अवधिमा ११ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालले हाल निःशुल्क सेवा दिइरहेको मातृशिशु कार्यक्रम अन्तर्गत अप्रेसनमार्फत गरिने प्रसूति सेवा, हर्निया, एपेन्डिकसाइड लगायतका शल्यक्रिया गर्दै आएको पशुपति चौलागाई स्मृति अस्पताल दोलखाले जनाएको छ ।