काठमाडौँ - नेपालमा विगत ११ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएका सात जनाले खोप नलगाएको पाईएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर कुमार अधिकारीका अनुसार सङ्क्रमणको कारण मृत्यु हुने अधिकांशले कोरोनाभाइरस विरुद्धको खोप लगाएका थिएनन् ।
कोरोना सङ्क्रमणका कारण मृत्यु भएका ७ जना मध्ये ६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकै थिएनन् भने एक जनाले पहिलो मात्रामात्रै लगाएका थिए । मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । यस्तै, साउन ९ गते अर्थात् सोमबार एक जनाको मृत्यु भएको थियो ।
यस्तै, साउन १ र २ गते पनि एक÷एक जना सङ्क्रमितको मृत्यु भएको थियो । साउन ८ गते दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुने ६ जना ५८ वर्ष माथिका छन् भने एक जना ३६ वर्ष पुगेका थिए । डा। अधिकारीका अनुसार मृत्यु भएकाहरूमा दीर्घरोगी कम थिए ।
कोरोना सङ्क्रमणको जोखिम उच्च रहेकाले पूर्ण सावधानी अपनाउन र कोरोनाविरुद्धको खोप नलगाएकालाई खोप लगाउन तथा बुस्टर डोज लगाउन छुटेकालाई अनिवार्य रूपमा खोप लगाउन उनको आग्रह छ ।