Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईईको नतिजा भोलि सार्वजनिक हुने

काठमाण्डौं– राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा एसईई परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिनुभयको छ । 
कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका छन । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update