Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा

चरिकोट– दोलखाको सदरमुकाम चरिकोट नजिकैको कालिज फार्ममा पसेको चितुवालाई आज नियन्त्रणमा लिएको छ । काठमाण्डौको सदर चिडियाखानाबाट आएको टोलीले चितुवालाई दुई दिन पछि नियन्त्रणमा लिएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको दूधपोखरी वाइल्ड लाइफ एग्रो विथ रिसोर्टमा शनिबार रातिदेखि पसेको चितुवालाई डार्टिङ गरी लठ्याएर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको चितुवालाई खोरमा राखेर डिभिजन वन कार्यालय लगिएको छ । कालिज फार्ममा पसेर चितुवाले ५ सयभन्दा बढी कालिज मारेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update