Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एआईजी विश्वराज पोखरेलद्धारा राजीनामा

काठमाण्डौं – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले राजीनामा दिनुभयको छ । उहाले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिनुभयको हो  । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हाल्नुभयको थियो । 
गत शुक्रबार सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि पोखरेलले राजीनामा दिनुभएको हो । उहाले दिएको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । सरकारले सिंहलाई आईजीपी बनाएलगत्तै पोखरेल विदामा बस्नुभयको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update