काठमाण्डौं - नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध राजधानी काठमाण्डौंमा प्रदर्शन गरेको छ । युवा संघका कार्यकर्ताले नयाँ वानेश्वरमा महंगी र भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएका छन् ।
प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच केहीवेर घम्साघम्सी भएको थियो । प्रहरीले आगो नियन्त्रण गरी युवा संघका कार्यकर्तालाई नियन्त्रणमा लिने प्रयास गर्दा केही बेर स्थिति तनावग्रस्त भएको थियो । मंगलबार साँझ युवा संघका नेताहरूले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरूले प्रदर्शनको क्रममा सरकारविरोधी ब्यानरसहित भ्रष्टाचारी सरकार चाहिँदैनु लगायतका नाराबाजी गरेका छन् ।
राष्ट्रिय युवा संघका केन्द्रिय सचिव महाराज गुरुङले बढ्दो गठबन्धन सरकारले गरिरहेको भ्रष्टाचार, महंगी र कालोबजारी बिरुद्ध दबावमुलक कार्यक्रमलाई थप सशक्त बनाउने बताए । युवा संघले भ्रष्टाचार, महंगी, कालोवजारी लगायतका बेथिति बिरुद्ध निरन्तर बिरोध प्रदर्शन गर्दै आएको छ ।