Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पहिरोका कारण खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइनको पोल जोखिममा

मन्थली - लगातारको वर्षासँगै खसेको पहिरोका कारण खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइनको पोल जोखिममा परेको छ । तिल्पुङ छहरा नजिकै गत वर्ष झरेकै स्थानमा सोमबार पहिरो गएपछि प्रसारण लाईनको पोल जोखिममा परेको हो ।

पूर्व वडा अध्यक्ष सुवास बोहोराले पहिरोले उक्त पोल जोखिममा परेको र कुनैपनि बेला क्षति पुग्नसक्ने बताए । प्रशारण लाइनबाट हाल माथिल्लो तामाकोसी जलविद्युत आयोजना लगायतको उत्पादन ढल्केबर सब–स्टेशनमा पठाउने गरिएको छ । 
यस्तै लगातारको वर्षासँगै खसेको पहिरोका कारण मन्थली-खिम्ती सडकखण्ड पटक पटक अवरुद्ध हुन थालेको छ । मन्थली नगरपालिका २ बान्द्रेमा आइतबार र सोमवार झरेको पहिरोले सडक अवरद्ध भयो । सडक माथिबाट पहिरो बग्ने क्रम नरोकिएकाले पन्छाएर आवागमन खुलाउन कठिनाई भएको छ ।

जोखिमका बावजुद आइतबार मन्थली नगरपालिकाले पहिरो सफा गरेर साँझ अवेर आवागमन खुलाएको थियो । सोमबार फेरि पहिरो खस्दा सडक अवरद्ध बनेको हो । 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update