Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निजामती कर्मचारीहरुले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

चरिकोट– दोलखाका निजामती कर्मचारी संघ संगठनले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुुझाईएको छ । नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी यूनियन, तथा नेपाल राष्टिय कर्मचारी संगठन जिल्ला कार्य समिति दोलखाले जिल्ला प्रशासन कार्यालय दोलखा मार्फत विभिन्न विषयमा प्रशासनको गम्भिर ध्यानकर्षण गराउदै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई संयुक्त ज्ञापन पत्र बुझाइएको हो । देश संघियतामा गएको लामो समयसम्म पनि देशमा संघिय निजामति सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ । 
त्यस्तै सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमका रुपमा रहेको निजामति टे«ड यूनियनले नेपाल सरकार र सरोकारवाला निकायलाई पटक पटक ध्यानकर्षण गराउदै आएको छ । निजामती प्रशासनलाई संघीय शासन अनुुरुपको ढाँचामा व्यवस्थित गरी सेवा प्रवाहलाई चुस्त, दुुरुस्त, प्रभावकारी, पारदर्शी एवम नागरिकमैत्री बनाउने कार्यमा सहयोग पुुग्ने गरी ऐन जारी गर्न र संघीय संसदको चालुु अधिवेशनबाट यथाशीघ्र निजामती ऐन जारी गर्न पनि नेपाल सरकारसमक्ष माग गरेका छन । संयूक्त ज्ञापन पत्र वुझनुहुँदै दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले आफनो ध्यानकर्षण भएको र ज्ञापन पत्रलाई प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा पठाइने बताउनु भयो । 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update