Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
इदको अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।
उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update