Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादी केन्द्रमा दोलखाबाट ९ जना केन्द्रीय सदस्य

चरिकोट – दोलखाबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको संख्या ९ पुगेको छ । आज बसेको केन्द्रीय कमिटि बैठकले जिल्लाका थप ५ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै दोलखाबाट केन्द्रीय समितिमा पुग्ने नेताहरु ९ जना पुगेका हुन् ।

आईतवारको बैठकमा केन्द्रीय सदस्यमा मनोनित गरिएका नेताहरुमा शंकर लामा, विशाल खड्का, गोपाल पाण्डे, नरबहादुर पाख्रिन र वलराम थापा रहेका छन् । लामा माओवादी दोलखाका संस्थापक नेता हुन्  । युवा नेता खड्का वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा समेत छन् । पाण्डे र पाख्रिन यसअघि वाग्मती प्रदेश सदस्यको भूमिकामा थिए । । 

यसअघि सम्पन्न राष्ट्रिय सम्मेलनबाट दोलखाका गंगा कार्की विश्व, देवी खड्का, मुक्ति प्रधान र नविन जिरेल केन्द्रीय सदस्यमा चयन भएका थिए । 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update