Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चालु आर्थिक बर्ष दोलखाको स्थानिय तहहरुमा ४ अर्ब भन्दा बढि रकम खर्च 

चरिकोट– दोलखामा चालु आर्थिक वर्षमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ४ अर्व बढि रकम स्थानीय तहमा खर्च भएको छ । जिल्लाको ९ वटा स्थानीय तहमा चालु आर्थिक वर्ष २०७८÷०८९ को ११ महिनामा ४ अर्व ८३ करोड ७७ लाख ७९ हजार ८ सय ८९ रुपैंया अथवा ८९ दशमलव ९३ प्रतिशत कोष तथा लेखा नियन्त्रक कार्यालयबाट खर्च गरिएको हो ।
जसमा जिरी नगरपालिकामा ४६ करोड ७४ लाख ६ हजार २ सय ८९ रुपैया, भीमेश्वर नगरपालिकामा ८२ करोड ४६ लाख १५ हजार ५ सय ११, कालिञ्चोक गाउँपालिकामा ५९ करोड १ लाख ५८ हजार ९ सय ३९, गौरीशंकर गाउँपालिकामा ५१ करोड ४५ लाख २१ हजार ६ सय १३, तामाकोशि गाउँपालिकामा ५३ करोड ५२ लाख ९५ हजार १ सय ४९ र मेलुङ गाउँपालिकामा ४८ करोड ४५ लाख ६२ हजार २ सय ५४ रुपैँया खर्च गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख मुरारी निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार विगु गाउँपालिकामा ४४ करोड ७ लाख ७० हजार ५ सय ४०, वैतेश्वर गाउँपालिकामा ४९ करोड ३४ लाख ७५ हजार ८ सय ५० र शैलुङ गाउँपालिकामा ४८ करोड ६९ लाख ७३ हजार ७ सय ५२ रुपैँया खर्च गरिएको बताउनुभयो । 
जिल्लामा चालु आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ५ अर्व ३७ करोड ३८ लाख ८२ हजार ८ सय ९६ रुपैँया विनियोजन गरिएकोमा ८९ दशमलव ९३ प्रतिशत मात्रै रकम खर्च भएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update