Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
त्रिवि कर्मचारी संघमा गठबन्धन पराजित, अध्यक्षमा दोलखाका छत्र कार्की निर्वाचित 

काठमाण्डौं – त्रिभुवन विश्व विद्यालय केन्द्रीय कर्मचारी संघको केन्द्रिय अध्यक्ष पदमा छत्रबहादुर निर्वाचित भएका छन् । दोलखाको जुँगु घर भएका कार्की आफ्नो प्यानलसहित प्रगतिशिल समुहको तर्फबाट संघको अध्यक्षमा निर्वाचिन भएका हुन् । सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कार्की नेतृत्वको प्यानल त्रिवि कर्मचारी संघको नयाँ कार्यसमितिमा निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित कार्की २ हजार ४ सय ४१ म्तका साथ विजयी भएका हुन् । 

यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा प्रगतिशील समुहकै भुपेन्द्र लामा, उपाध्यक्षहरुमा पुष्कर खनाल, विजय कुशवाह, रवि लोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, ईश्वरी रेग्मी र मिङमा दोर्जे शेर्पा विजयी भएका छन् । संघको महासचिवमा सृजना भोमी, सचिवमा उज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित भएका छन् । 

सत्तारुढ गठबन्धन दलका निकट कर्मचारी संघ संगठन र प्रतिपक्षी एमाले निकट लगायतका कमंचारी संगठनको प्रगतिशिल समुहबीच चुनावी प्रतिस्पर्धा भएको थियो । 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update