काठमाडौं - प्रहरीले काठमाडौं उपत्यकाभित्र श्रृंखलावद्ध चोरी गर्ने दोलखाका ३ जना सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ८ घर भई हाल थानकोट बस्ने ३५ वर्षीय लीला नारायण श्रेष्ठ, दोलखाको शैलुङ गाउँपालिका ८ घर भई थली बस्ने ३९ वर्षीय विरबहादुर श्रेष्ठ, शैलुङ गाउँपालिका-८ घर भई खुसिबु बस्ने २६ वर्षीय सागर भन्ने पुन नारायण श्रेष्ठ र खोटाङको कोपिलागढी गाउँपालिका-२ घर भई टोखा ११ बस्ने ३१ वर्षीय सौराज गजमेर रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुको साथबाट मोबाइल ५ थान, तिलहरी थान ५, सिक्री थान १, मंगलशूत्र ३ थान, रानीहार २ थान, ओऔठी १ थान, फुली १२ थान र टप १ जोर गरी जम्मा ५५९ ग्राम बरामद गरिएको छ ।
उनीहरु काठमाडौं उपत्यकाभित्र दिनको समयमा मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडेर नगद, मोबाइल र सुनका गरगहनाहरु चोरी कार्यमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।