Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बैतेश्वर गाउँपालिकाको बजेट ५५ करोड ४ लाख 

चरिकोट - दोलखाको बैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र०८० को को लागि ५५ करोड ४ लाख ३० हजार रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेको छ ।  गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षयतामा भएको गाउँसभामा उपाध्यक्ष कल्पना उप्रेतीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा पुर्वाधार विकासलाई प्राथमिकता दिँदै १० करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक तथा सुशासन बिकास तर्फ ७ करोड ३६ लाख ३० हजार, आर्थिक विकास तर्फ ४ करोड ६२ लाख, संस्थागत विकास तथा सेवा प्रवाह तर्फ ७ करोड ८० लाख, वातावरण तथा विपद व्यवस्थापनको लागी एक करोड ४९ लाख १६ हजार बजेट प्रस्ताव गरिएको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकालाई संघ र प्रदेशबाट २३ करोड १६ लाख लाख ८४ हजार गरि कुल ५५ करोड ४ लाख ३० हजार रुपैयाँ प्राप्त हुने उपाध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

गाउँपालिकाले नाम्दु पाँडुडाँडा सडक कालोपत्रे गर्ने, सबै वडा कार्यालयको सुरक्षाको लागी घेराबार लगाउने, पालिका भित्रका अस्पताल, पाँच वटै स्वास्थ्य चौकी, प्रसुति गृह तथा ३ वटै सामुदायिक स्वास्थ्य ईकाइ, एउटा आधारभूत स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र स्तरोन्नति गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update