Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काठमाण्डौं पेप्सीकोला सनसिटीका ३ मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - काठमाण्डौंको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको टेकु अस्पताल स्रोतले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएकाहरु २८ दिनअघि बेलायतबाट फर्किएका हुन् । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएका तीन मध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।

उनीहरु मध्ये दुई जनाको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको छ, बाँकी एकको रिपोर्ट आउन बाँकी छ, मन्त्रालय स्रोतले भन्यो । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्ट नै लकडाउन गरी उच्च सतर्कता अपनाईएको छ । उक्त क्षेत्रमा बस्ने सबैलाई घर बाहिर निस्किन दिईएको छैन । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update