Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाण्डौ - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको विवरण तयार पारेर कारबाहीको सिफारिससहित आयोगमा पठाउन जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन समेत दिएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र निर्वाचन नियमावली २०७३ अनुसारको ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च बुझाउनुपर्ने व्यवस्था छ । तर अधिकांस उम्मेदवारहरुले जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा अझै खर्च बिवरण नबुझाएपछि आयोगले यस्तो चेतावनी दिएको हो  ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले खर्च विवरण नबुझाउने उम्मेदवारलाई सिफारिसका आधारमा कारबाही गरिने बताए ।

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update