लकडाउन बैशाख १५ सम्म लम्ब्याउने सरकारको निर्णय
काठमाडौँ — सरकारले कोरोना भाईरस (कोभिड १९) रोकथामका लागि लकडाउनको समय थप १२ दिन लम्व्याउने निर्णय गरेको छ । दोस्रोपटक बढाइएको लकडाउनको अवधि भोली बुधवार सकिने भएपछि सरकारले लकडाउन बैशाख १५ सम्म लम्ब्याउने लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना संक्रमणको जोखिम कायम रहेकाले थप फैलिन नदिन लकडाउन थप गर्ने निर्णय भएको एक मन्त्रीले साझावोलीलाई जानकारी दिए । यसअघि छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लकडाउन मे ३ अर्थात, वैशाख २१ सम्म बढाउने घोषणा गरेका गरेका थिए । भारतमा बढेको लकडाउनको समेत विश्लेषण गरेर सरकारले निर्णय लिएको बताईएको छ ।
हालसम्म नेपालमा १६ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७ ११:२१
प्रतिक्रिया दिनुहोस्