Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बाढीपहिरो प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढीको पूर्वसूचना प्रणाली जडान

चौतारा  - सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको छ । जडान गरिएको साईरनको सफल परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो ।

मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्ने बताए । मेलम्चीले गत असारको बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ [पूर्व चेतावनी प्रणाली] साइरन प्रविधि जडान गरेको थियो ।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update