सरकारले ईन्धनको मूल्य फेरी बढायो, पेट्रोल १९९, डिजेल/मट्टितेलको मुल्य १९२ पुग्यो
काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मुल्य फेरी भारी मात्रामा बृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेलरमट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।
नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू भएको छ । अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९ ०६:२५
प्रतिक्रिया दिनुहोस्