Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गण्डक अस्पताललाई कोरोना अस्पताल बनाउन सरकारलाई दिने अन्सारीको घोषणा

पर्सा - चर्चित युवा नेता एवं मेडिकल उद्यमी रहबर अन्सारीले वीरगन्ज स्थित आफ्नो अस्पताल कोरोना भाईरस् (कोभिड १९) को उपचारका लागि सरकारलाई जिम्मा दिने घोषणा गरेका छन् । सोमवार साँझ सामाजिक सञ्जाल मार्फत उनले गण्डक हस्पीटल प्रा.लि. पुर्ण रुपमा कोरोना अस्पताल प्रयोजनका लागि सरकारलाई दिने घोषणा गरेका हुन् ।

दुई नम्बर प्रदेशमा कोरोना संक्रमितहरुको उपचारमा समस्या भैरहेका बेला अन्सारीले आफ्नो अस्पताल, कोरोना अस्पतालको रुपमा संचालन गर्न तयार भएका हुन् । यसबारे विरगञ्जका मेयर विजय सरावगीलाई समेत जानकारी गराईसकेको उनले जानकारी दिएका छन् । कोरोना उपचारको लागि छुट्टै कोरोना अस्पताल अहिलेको अपरिहार्य आवश्यकता भएपनि जिम्मेवार निकायले यसबारे तदारुकता नदेखाएकाले यस्तो निर्णयमा पुगेको उनले बताए ।

सामाजिक संजालमा अन्सारीले भनेका छन्, जिम्मेवार सरोकारवाला निकायले उचित तदारुकता र तत्परता नदेखियेको यस अवस्थालाई दृष्टिगत गर्दै , यस परिस्थितिको समस्या प्रतिको सम्वेदनशीलतालाई आत्मसात गरेर कोरोना विरुद्धको यस लडइमा मेरो सानो प्रयास स्वरूप आफ्नो हस्पिटल पूर्ण रूपले कोरोना अस्पतालको प्रयोजनको लागि स्थनिय सरकारलाई दिन तयार छु।

साथै उनले कोरोना विरुद्धको लडाइमा सामूहिक प्रयासले निरन्तरता पाउनुपर्नेमा जोड दिएका छन् । विरगञ्जमा आईतवार मात्रै ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने दुई नम्बर प्रदेशकै रौतहटमा समेत सोमबार एक जना युवकमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । तर कोरोना संक्रमितहरुको उचित उपचारको व्यवस्था नभएको भन्दै असन्तुष्टि व्यक्त भैरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update