काठमाण्डौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहित रितबहादुर खड्का असाधारण क्षमता भएको नेता रहेको बताएका छन् । पार्टी र आन्दोलनको क्रान्तिकारी उत्तराधिकारीको रुपमा विकास गर्दैगर्दा रितबहादुर खड्काको शाहदत भएको उनले बताए ।
जनयुद्धका सहित रितबहादुर खड्र्का प्रताप’ को २० औं स्मृति दिवसको अवसरमा बिहिवार काठमाण्डौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् र्। मेरो सुरक्षाको बारेमा उहाँले सँधै चिन्ता गर्नुहुन्थ्यो, स्मरण गर्दै प्रचण्डले भनेर्, पार्टी, आन्दोलन, राजनीतिक सामाजिक परिवर्तन र रुपान्तरणको प्रक्रियामा भावी नेतृत्व र उत्तराधिकारीको रुपमा विकास गर्दै हुनुहुन्थ्यो, प्रचण्डले भने ।’
युवा अवस्थामै अद्भुत, असाधारण क्षमता र बहुआयामिक व्यक्तित्वको रुपमा सहिद रितबहादुरले आफुलाई स्थापित गरेको प्रचण्डले बताए । सहिदहरुका कारण मुलुकमा ठुलो परिवर्तन सम्भव भएको भन्दै उनले रितबहादुर जस्ता सहिदहरु सँधै प्रेरणाको स्रोत बनिरहनेपनि बताए ।
माओवादी केन्द्र दोलखा काठमाण्डौं सम्पर्क समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा जनयुद्धका सहिद रित बहादुर खड्काप्रति श्रद्धाञ्जली दिईनुका साथै स्थानीय निर्वाचनमा दोलखामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।