Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भारतले उच्च मुल्यबृद्धिसहित ईन्धनको नयाँ मूल्य सूची पठायो

काठमाडौँ - भारतीय आयल कर्पोरेसन (आईओसी) ले ईन्धनको मुल्य बढाएर नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । उच्च मुल्यबृद्धिसहित आईओसीले बिहिबार पेट्रोल, डिजेल र हवाई इन्धनको नयाँ मुल्यसूची पठाएको हो ।

निगमका प्रवक्ता बिनितमणी उपाध्यायले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको जानकारी दिए । ‘नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा छ,’ उनले भने, ‘जून १ को मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा छ ।

हवाई इन्धन अन्तर्राष्ट्रिय र मट्टितेलमा केही नाफा भए पनि समग्रमा १५ दिनको घाटा ४ अर्ब ८१ करोड पुगेको छ ।’

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update